लाभांश प्रस्तावसहित रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

१० असार २०८०, आईतवार ०९:२९

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यही असार ३१ गते काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा आह्वान गरेको हो । सभा विहान ११ बजेबाट सूरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशतले लाभांश प्रस्ताव पारित गर्ने छ । जसमा ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश छन् ।

बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।

सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*