एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

१० असार २०८०, आईतवार १०:२८

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरि दिएको छ । संस्थाको चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारणबाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

संस्थाका अनुसार चैत १५ गतेसम्म शेयरहरु अभौतिकरण गराएका कम्पनीका संस्थापक शेयरधनीहरुलेको खातामा बोनस शेयर जम्मा गरेको छ । सो मिति पश्चात शेयर अभौतिकरण गराएका शेयरधनीहरुको खातामा क्रमश बोनस शेयर जम्मा हुने ब्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*