रुपन्देहीमा रहेको आफ्नो गैर बैंकिङ सम्पत्ति लिलामी गर्दै नेपाल एसबिआई बैंक

११ असार २०८०, सोमबार १२:५७

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गैर बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको स्वामित्वमा रहेको घर जग्गा जे जस्तो र परिणाममा छ सोही अवस्थामा लिलामी गर्ने भएको हो ।

बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगरको वडा नम्बरमा ६ मा रहेको गैर बैकिङ सम्पत्ति बिक्रीमा ल्याएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं वा शाखा कार्यालय भैरहवा, रुपन्देहीमा आइपुग्ने गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*