सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

११ असार २०८०, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले बढेतापनि सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ६.९४ प्रतिशतले सर्वाधिक घटेर ४४० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार विन नेपाल लघुवित्त, मोलुङ हाइड्रोपावर, कालिन्चोक दर्शन लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लगायत अन्य कम्पनीहरुले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*