सपोर्ट लघुवित्तद्वारा सिइओ पदमा कर्मचारी माग, यसरी दिनुस् आवेदन
१२ असार २०८०, मंगलवार १०:०४

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यकारी प्रमुख (सिइओ) माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा कर्मचारी माग गरेको हो ।
संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले वित्तीय तथा बैंकिङ क्षेत्रमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र संस्थाको इमेल मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।












