एनआईसी एशिया बैंकले ८ ठाँउको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने, कहाँ दिने आवेदन ?

१२ असार २०८०, मंगलवार ११:५५

काठमाडौं । एनआईसी एशिया बैंकले लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ८ ठाँउको गैर बैंकिङ सम्पत्ति लिलामी गर्ने भएको हो ।

बैंकले आफ्नो नाममा दर्ता रहेको पर्सा विरगंजमा रहको घर जग्गा बिक्रीमा ल्याएको छ । बैंकका अनुसार उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले बैंकको शर्त बन्देजको अधिनमा रही सूचना प्रकाशन भएको मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग त्रिपुरेश्वर काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*