नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना
१३ असार २०८०, बुधबार १२:५९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एउटा महत्वपुर्ण सूचना जारी गरेको छ ।
बैंकले जारी गरेको सूचना अनुसार अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आफ्ना ग्राहकलाई आग्रह गरेको छ । सो कार्यमा संलग्न भएको थाहाँ पाएमा उनीहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट गरिने कारोबार बन्द गर्ने र कानुनी कारबाही गर्ने चेतावनी बैंकले दिएको छ ।
बैंकले कसैले विद्युतिय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ ।












