सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

१३ असार २०८०, बुधबार १७:३५

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार १२४ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*