सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १४५ रुपैयाँ
१४ असार २०८०, बिहीबार १६:२८

काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका कायम संस्थापक शेयरधनीको ६७ हजार कित्ता शेयर बिक्रीका ल्याएको हो ।
शेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक शेयर पछिल्लो पटक १५१ रुपैयाँले किनबेच भएको थियो ।
बैंकले पहिलो प्रस्ताव विद्यमान संस्थापकहरुलाई गरेको छ । इच्छुकले ३५ दिनभित्र कति कित्ता र के मूल्य दिने प्रस्ताव सहित निवेदन दिन आग्रह गरेको छ ।
तोकिएको समयावधि भित्र पर्याप्त आवेदन नआए बैंकले आम सर्वसाधारण वा संस्थाललाई सेयर बिक्री गर्ने जनाएको छ ।












