लघुवित्तहरुले सेवाशुल्क १।५ प्रतिशत र व्याजदर १५ प्रतिशत भन्दा बढी नलिएको राष्ट्र बैंकको ठहर, लिए कारवाहीको दायरामा पर्ने

१५ असार २०८०, शुक्रबार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १।५ प्रतिशत भन्दा बढी सेवाशुल्क नलिएको जानकारी गराएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिदैं यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुने कुरा पनि बताएको छ ।

वित्तीय चेतनाको लागि सुचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नलिएको जानकारी गराउदै लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।

लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा नेपाल राष्ट्र बैंकले सीमा तोकेको यस्ता प्राकार रहेको छ
१० बचत ( निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन पाउँदैनन् ।
२० कर्जा प्रवाह गर्दा १।५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन् ।
३० एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १।५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन् ।

लघुवित्त वित्तीय संस्थाले यस बाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्न तथा उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*