एभरेष्ट बैंकको अध्यक्षबाट २० वर्षपछि बाहिरिने तयारीमा बिके श्रेष्ठ, ९५ वर्षको उमेरसम्म युवा जोश देखाएर बैंक चलाउँदै श्रेष्ठ

काठमाडौं । लामो समयदेखि एभरेष्ट बैंकमा आफनो छुटै साम्राज्य खडा गर्दै आएका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद छोड्ने भएका छन् । लामो समयदेखि उमेर हदभन्दा माथिसम्म अध्यक्ष पद नछोडेको भन्दै विवादमा परेका एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद छोड्ने प्रतिबद्धता जनाएका छन् । शक्तिको आडमा एभरेष्ट बैंकको अध्यक्ष पदमा बहाल रहेको श्रेष्ठले छिट्टै पद त्याग गर्ने बैंकको बार्षिक साधारणसभामा व्यक्त गरेका थिए । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि उनलाई सल्लाह नदिएको भने हैन । उमेरको आधारमा हेर्ने हो भने श्रेष्ठको उमेर ९५ पुगीसकेको छ ।
तर उनको जोश जागर र जिद्धिको कारण कसैको नसुनी र नियामकीय व्यवस्थालाई चुनौति दिँदै ९५ बर्षसम्म पनि बैंकको अध्यक्ष पदमा रहदै आएका थिए । उनले यसअघि पनि पटक पटक यस्ता निर्देशन नमानेको उदाहरण छ ।
उनी विरुद्ध केही बैंकरहरुले समेत ९० बर्ष कटिसकेपछि पनि आफनो साख जोगाउन राष्ट्र बैंकलाई नै अटेर गरेर काम गरिरहेको विरुद्ध मुद्धा परेपनि बैंकमा अध्यक्षको भूमिकामा काम गर्दै आएका थिए । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ ९५ वर्षका भए । तर पनि उनी कुनै युवाझै विजनेसमा व्यस्त छन । उनको स्वभाव छ, कसैलाइ बिश्वास नगर्नु ।
एनआईडिसी अर्थात नेपाल विकास बैंक औधोगिक विकास निगमको पहिलो महाप्रवन्धक हुन बिके श्रेष्ठ । तर सो संस्थामा घोटाला भएपछी तत्कालिन राजदरबारले उनलाई पक्राउ गरेर जेल हाल्नु भन्ने आदेश दिएपछी उनी फरार भएका थिए ।
भागेर सिक्किम पुगेका उनले त्यहा बियर कम्पनी खोले, त्यसैबेला उनले कलकत्तामा होमियापेथिक औषधी कम्पनी पनि खोले । यसका साथै कपडा व्यापार शुरु गरेका उनले त्यहा अकुत कमाए र दिल्लीमा बिजनेस गर्न पुगे । उनको औषधी कम्पनी एसबिएल अहिले भारतमा होमिपथिक औषधी उत्पादन गर्ने ठुलो मध्येको एक हो ।
दिल्ली पुगेका श्रेष्ठले पञ्जाव नेशनल बैंकको सेयर ठुलो परिमाणमा होल्ड गरे र त्यहाँको व्यवस्थापनमा पहुँच बनाए । त्यसपछी उनी बैंक खोल्नका लागि नेपाल आएका हुन् ।२०२० सालमा नेपालबाट भागेका श्रेष्ठ राजपरिवारको सक्रिय शासन ढलेपछी मात्र नेपाल आएका थिए । उनीसग अर्बौको सम्पत्ति भए पनि उनले नेपालमा एभरेष्ट बैंकबाहेक अन्य कुनै व्यवसायमा लगानी गरेका छैनन । उनको व्यवसाय भारतमा नै छ ।
आजभन्दा २५ वर्षअघि अर्थात् सन् १९९४ सालमा नेपालमा एभरेष्ट बैंकको स्थापना भएको हो । स्थापनाकालमा बैंकको अध्यक्षमा मैत्रदेव पाठक थिए । र पछि बिकेले पाठकलाई हटाएर आफू अध्यक्ष बने । पाठकको मृत्यु भैसकेको छ भने पाठकको नाममा अधिकाश सेयर समेत बिकेले आफ्नो नाममा सार्न भ्याइसकेका छन् ।
श्रेष्ठले आफ्नै दाईलाई उनले एभरेष्टको सञ्चालक बनाएका थिए । उनलाई व्यवस्थापनमा सघाउन भनेर नियमित तलब खाने गरी राखेका थिए । तर पछी शंका गर्न थाले र विश्वास गर्न नसकेपछि दाईलाई सञ्चालकबाटै हटाए ।
उनले कान्छी श्रीमतीको रुपमा एकजना एअरहोस्टेस विहे गरेका थिए । अहिले कान्छी श्रीमतीसगै बस्छन । उनका छोरा मुकुन्द श्रेष्ठ अमेरिकामा काम गर्थे तर बिकेले उनलाई समेत बिश्वास गरेर आफ्नो विजनेस दिएका छैनन् ।
एभरेष्ट बैंकका स्रोतका अनुसार उनको यो निर्णय आगामी बार्षिक साधारणसभामार्फत अनुमोदन हुने भएको छ । अब उनले बैंकको अध्यक्ष पद छोड्ने भएका छन् । उनको अध्यक्षको उत्तराधिकार उनकै परिवारलाई दिन्छन् वा उनी बाहिरिए पनि डमी अध्यक्षको रुपमा कुनै विश्वासको पात्रलाई उनले अध्यक्ष बनाउछन् भन्ने कुरामा आम लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन् ।
एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् १ करोड ६० लाख ८१ हजार २ सय ६९ कित्ता संस्थापक सेयर छ ।
त्यस्तै, ३०.७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५ सय ३ दशमल ६९ प्रतिशत सेयर सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै हो भन्दा फरक पर्दैन ।
बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।
छोरी प्रतिमा श्रेष्ठलाई बिकेले आफ्नो सेयरको हिस्सा दिएका छन । अध्यक्ष श्रेष्ठले अब नजिकका संचालक अरुणमान शेरचनलाई अध्यक्ष पद दिन्छन् भन्ने आम विश्वास रहे पनि नतिजाको लागि अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ । उनको नाममा ३.२१ प्रतिशत अर्थात् २५ लाख ७३ हजार ६ सय ७३ कित्ता सेयर छ ।











