१९ गुणा बढी आवेदन परेको थ्रीस्टार हाइड्रोपावरको आईपीओ यसै साता बाँडफाँड हुने

१७ असार २०८०, आईतवार १४:४७

काठमाडौं। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ यसै साता बाँडफाँड हुने तयारी गरिएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटडका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०÷१० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्।

कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*