सीवाईसी नेपाल लघुवित्तको कारोबारको पहिलो दिनमै सकारात्मक सर्किट

१८ असार २०८०, सोमबार १२:०८

काठमाडौं । मर्जर प्रश्चात आजेदेखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले शेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि सुुचारु भएको हो ।

नेप्सेमा आइतबार आँधीखोलाको तर्फबाट कायम हुन आउने १० लाख ८२ हजार ९ सय कित्ता शेयर सीवाईसी नेपाल लघुवित्तको नाममा सुचिकृत भएको थियो । नेप्सेले मर्जरपछिको पहिलो कारोबारको लागि ११७१.८५ रुपैयाँ तोकेको छ ।

सीवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त मर्ज भएपछि सीवाईसी नेपाल लघुवित्तको नामबाट शेयर कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*