सनराइज बैंकद्वारा भद्रपुरमा यात्रु प्रतीक्षालय निर्माण

१८ असार २०८०, सोमबार १६:५७

काठमाडौं । सनराइज बैंक लिमिटेडको भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरमा रहेको गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलले संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की, बैंकका शाखा प्रबन्धक भरत प्रसाई लगायतको उपस्थिती रहेको थियो ।उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने दैनिक सयौं यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ । नगरपालिका प्रमुख गणेश कुमार पोखरेलले उक्त कार्यप्रति आभार व्यक्त गर्दै बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको देशैभरी स्वास्थ्य, शिक्षा,वित्तीय तालिम, पूर्वाधार निर्माण, शिपमुकल तालिम आदि क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*