थ्रीस्टार हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुदैँ, कति जनाले पाउछन् शेयर ?

१९ असार २०८०, मंगलवार ०५:००

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज (असार १९ गते) बाँडफाँड हुदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न गरी आज बिहान बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९।५५ गुणाले बढी हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०÷१० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १।१ कित्ता सेयर पाउनेछन्। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*