एनआइसी एसिया बैंकमा फर्जी कागज देखाएर २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ

१८ असार २०८०, सोमबार १८:४३

काठमाडौैं । एनआइसी एसिया बैंक शाखाबाट फर्जी कागजका आधारमा २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ गरेको छ। सप्तरी प्रहरीले फर्जी कागज पेस गरी २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

राजविराजस्थित एनआइसी एसिया बैंक शाखाबाट फर्जी कागजका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह घटनामा संलग्न रहेको आरोपमा सोमबार मोहम सद्धामलाई राजविराजबाट नियन्त्रणमा लिइएको हो।

अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपुर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका–९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत माघमा उक्त परिमाणको ऋण प्रवाह भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सद्धाम खातुनका श्रीमान हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*