कृषि विकास बैंकले डिम्याट खाता नविकरण गर्न जारी गर्यो यस्तो सूचना

१९ असार २०८०, मंगलवार ११:३७

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकललाई डिम्याट खाता नविकरण गराउन सूचना जारी गरेको छ । सूचना अनुसार बैंकले यहि असार ३१ गतेसम्म खात नविकरण गर्न आग्रह गरेको हो ।

बैंकले नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे तथा आइएमई पे लगायतका वालेटहरु मार्फत वा बैंकको शाखा कार्यालयमा सम्पर्क राखेर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यसका साथै, बैंकले असार ३१ गतेसम्म खाता नविकरण नगरेको डिम्याट खाता नविकरण नगरेको खण्डमा डिम्याट खाता फ्रिज गर्ने समेत चेतावनी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*