नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
१९ असार २०८०, मंगलवार १३:४५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंललबार नेप्सेमा रावा इनर्जि र मोदी इनर्जिको आइपो सूचीकृत भएको हो ।
नेप्सेमा रावा इनर्जिको २८ लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएको कम्पनीको आइपीओ भोलि अर्थात बुधबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको आइपीओको ओपनिङ रेन्ज ८१.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको छ ।
त्यस्तै, नेप्सेमा मोदी इनर्जिको २ करोड ९० लाख कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । नेप्सेले कम्पनीको आइपीओको पहिलो कारोबारको लागि ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।












