कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण
१९ असार २०८०, मंगलवार १४:१९

काठमाडौं । कामना विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत कमल गाउँपालिका ५ पाडाजुङ्गी स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो ।
विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको हो ।
बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गूह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई उक्त पोशाक हस्तान्तरण गरेका हुन् ।











