बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
१९ असार २०८०, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ ।
मंलगबार शेयर बजार बढेतापनि बिपिडब्लु लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको आज शेयरमूल्य १५५ रुपैयाँले घटेर १३९९ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज एनआइबिएल प्रगति फण्ड, खानिखोला हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, इमर्जिङ नेपाल लगायत अन्य कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।













