धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकिकृत कारोबार शुभारम्भ
२० असार २०८०, बुधबार १०:०२

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि एकिकृत कारोबार शुभारम्भ हुने भएको छ।
धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर स्वाप अनुपात १ः०।७५ हुने गरी दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको थियो ।बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ ।












