नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

२० असार २०८०, बुधबार १०:३४

काठमाडौं । नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले फाइनान्सको ६।५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार फाइनान्सको शेयर दोस्रो बजारमा ३७७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।फाइनान्सले असार ३१ गते, स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*