एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २४ हजार कित्ता शेयर लिलमीमा, प्रतिकित्ता कति ?
२० असार २०८०, बुधबार १२:१३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टमा रहेको आफ्नो स्वामित्वको २४ हजार कित्ता शेयर प्रतिकित्ता १०४५ रुपैयाँका दरले लिलामीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशितको मितिले असार २७ गतेसम्म बैंकको क्यपिटलको कार्यालय थापाथली, काठमाडौंमा बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।












