राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने, बिक्री कहिले ?

२० असार २०८०, बुधबार १३:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘च’ यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

केन्द्रिय बैंकले यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । सो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

यसका साथै, ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ असार २२ गते परिपक्व हुनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*