स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गर्ने, आवेदन फिर्ता गर्न पाइने

२० असार २०८०, बुधबार १९:२३

काठमाडौं । स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना सार्वजनिक गर्दै छानविन अगाडि बढाउने कार्यलाई निरन्तरता दिँदै यसअघि आईपीओमा आवेदन दिइसकेकाले फिर्ता लिन पाउने वा कित्ता संख्या थपघट गर्न पाउने सुविधा मिलाउने जनाएको छ ।

वैदेशिक रोजगारमा गएका तथा स्थानीयलाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । सर्वसाधारणलाई भने आवेदन फिर्ता वा कित्ता संख्या थपघट गर्नका लागि ३ दिनको समय दिने व्यवस्था गरिने भएको छ । थप गरिएको ३ दिनको समयसीमाभित्र पूर्ण रुपमा आवेदन नपरेमा बढीमा थप ७ दिन निस्कासन खुला राख्न सकिने व्यवस्था गरिने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

बोर्डद्वारा जारी सूचनाअनुसार फर्जी आवेदकको निस्कासनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता नदेखिएको अवस्थामा निस्कासन पुनः खुला गर्ने निर्णय भएको छ । त्यस्तै भ्रमित पार्ने उद्देश्यले ठूलो संख्यामा आवेदन दिएकोमा जालसाजी अभियोगमा नेपाल प्रहरीसमक्ष छानबिनका लागि सिफारिस गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

मागभन्दा बढी रकमको आवेदन परिसकेको अवस्थामा समेत समयावधि थप गरेको सम्बन्धमा पनि छानबिन अगाडि बढाइने भएको छ । खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि एनआईसी एसिया बैंकमार्फत परेका आवेदन स्वीकृत भएको सम्बन्धमा पनि छानबिन अगाडि बढाइने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*