नेप्सेमा झिनो अंकको गिरावट, अधिकांश उपसूचकहरु राताम्मे

२१ असार २०८०, बिहीबार १५:१०

काठमाडौं । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ ।

बिहीबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुका ९७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब सात करोड ७४ लाख ९८ हजारको कारोबार भएको छ ।

बिहीबार सात उपसूचकहरु घटेका छन् भने छ उपसूचकहरुमा सामान्य हरियाली छाएको छ । आज इन्भेस्टमेन्ट उपसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य उपसूचक ०.३७ प्रतिशतले घटेको छ । आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक भने १.४२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*