देशको आर्थिक अवस्था सुधार्ने मौद्रिक नीति आँउछः गभर्नर अधिकारी
२१ असार २०८०, बिहीबार १७:२५

काठमाडौं । आगामी मौद्रिक नीति देशको अवस्था सुधार्ने गरी ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शद्वारा संयुक्त रूपमा आयोजित मौद्रिक नीतिमाथि सुझाव दिन आयोजित कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीति देशको अर्थतन्त्र सुधार्ने ओैजारको रूपमा आउने बताए । गभर्नर अधिकारीले निजि क्षेत्रबाट आएको सुझावले मौद्रिक नीतीका लागि थप प्रभावकारी हुने बताए ।
आम नागरिक, व्यापारी लगायत विभिन्न क्षेत्रमा कार्यरत रहेका मानिसहरुले आगामी मौद्रिक नीतिको लागि राष्ट्र बैंकमा सुझाव पठाएका छन् ।













