अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कतिको होला हात खाली?

२२ असार २०८०, शुक्रबार ०४:५९

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे नारायणचौर नक्साल, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

यता, अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५।८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १०५ अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यस्तै, ५५ अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २५ अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*