गृहमन्त्री-बैंकका सिईओहरु बीचको छलफलमा उठ्यो महंगो ब्याजदरको एजेण्डा, सिण्डिकेटविरुद्ध एक्सन लिनै लागेको हो ?

काठमाडौं । बैंकहरुले बैंकर्स संघ बनाए सिण्डिकेटमार्फत महंगो ब्याजदर असुली गरिरहेको विषयमा गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बैंकका सिईओहरुसँग विषय उठान गरेका छन् ।
गृहमन्त्रीकै निजि निवासमा शुक्रबार भएको डिनर मिटिङमा उनले सिईओहरुसँग महंगो ब्याजदर तथा वित्तीय अराजकताको विषयमा छलफल गरेका छन् । नेपाल राष्ट्र बैंकले लिएको खुल्ला ब्याजदर नीतिको फाइदा उठाउँदै बैंकर्स संघ मार्फत नेपालमा सञ्चालित २१ वटा बैंकहरुले सिण्डिकेट लागू गर्दै उपभोक्तासँग महंगो ब्याजदर असुली गरिरहेको सकारको बुझाई छ ।
स्रोतका अनुसार हिजो भएको प्रारम्भिक छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकका सिईओहरुको मनोभावना बुझ्ने र विश्लेषण गर्ने प्रयास गरेका थिए । सो क्रममा बैंकका सिईओहरुले खुलेर कुराकानी गरेका छन् । बैंकका सिईओहरुले बैंक जनता र सरकार दुवैको भएकोले वित्तीय अराजकता मच्चाउनेलाई सरकारले नै तह लगाउनुपर्ने माग बैंकरहरुले गरेका थिए ।
चर्को ब्याजदरको बारेमा थोरै मात्रै बैंकका सिईओले प्रष्ट पार्ने प्रयास गरेका थिए । बैंकहरुको समस्या बुझ्ने र सिण्डिकेट लादेर महंगो ब्याजदर असुल गर्ने बैंकहरुलाई ठेगान लगाउने उद्देश्यले आयोजित छलफलमा बैंकहरुको कन्सर्न सरकारले रिकग्नाईज गर्यो अब फरदर विश्लेषणपछि के गर्ने टुंगो लाग्ने छलफलमा सहभागी गृहमन्त्री निकट स्रोतले बीमापोष्टलाई बतायो ।
उता, बैंकहरुले भने सरकारले वित्तीय अराजकता मच्चाउनेलाई कारवाही गर्ने आश्वासन पाएको प्रतिक्रिया दिएका छन् ।











