सेबोनद्वारा दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति, कुनको कति कित्ता ?

२४ असार २०८०, आईतवार १६:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप २ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको अनुुमति प्रदान गरेको छ । सेबोनले आईपीओ निष्काशनको लागि चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सेबोनले चिरख्वा हाइड्रोपावरलाई चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले अब अंकित मूल्य १०० रुपैयाँका दरले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट रहेको छ ।

त्यस्तै, सेबोनले माथिल्लो मैलुङ खोला जलविद्युतलाई चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले अव अंकित मूल्य १०० रुपैयाँका दरले २५ लाख कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*