बीमा, बैंक तथा वित्तीय संस्थाको बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत, अन्य कुनको कति ?

काठमाडौं । २०८० जेठ मसान्तमा धितोपत्र बजार पुँंजीकरण रु.२९८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण रु.२८४४ अर्ब ११ करोड रहेको थियो ।
२०८० जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र३ अन्य समूहका रहेका छन्। २०७९ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत,
उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा २ं.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ ।












