नेप्से घट्यो, साढे ३ अर्बमाथिको कारोबार, फाइनान्सको उपसूचक चम्कियो
२५ असार २०८०, सोमबार १५:११

काठमाडौं । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्सेमा आज सामान्य गिरावट आएको छ। नेप्से ०।८० अंकले घट्दा २०७६।९६ को विन्दुमा कायम भएको छ।
सूचीकृत २९३ कम्पनीको १ करोड १८ लाख २३ हजार ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सात उपसूचकमा हरीयाली छाएको छ। आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ। फाइनान्सको उपसूचक २। ७१ प्रतिशतले बढेको छ।












