तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२६ असार २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ०.८१ अंकले घटेको शेयर बजार आज ४.७३ अंकले घटेर २०७२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार हिमालयन पावर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज कारोबार भएका लिबर्टी इनर्जी कम्पनी, कर्पोरेट विकास बैंक लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।













