सिद्धार्थ बैंकले घटायो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?
३१ असार २०८०, आईतवार १०:३५

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर कायम गरेको छ ।
बैंकले निक्षेपतर्फ अधिकतम १३.५० प्रतिशत र न्युनतम १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।











