विकास बैंकहरुको मुनाफा ५ अर्ब माथि, ६ बैंकको घट्यो ,अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा ५ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद मुनाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
विकास बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा ६ बैंकको मुनाफा घटेको देखिएको छ। सिन्धु विकास बैंक, कर्णाली विकास बैंक, साल्पा, नारायणी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको मुनाफा घटेको तथ्यांकमा देखिएको छ।
बैंकहरुको रिर्पोट अनुसार यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। बैंंकले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ९ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ।
गरिमा विकास बैंकले ८२ करोड २३ लाख खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ७० करोड ४५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ६६ करोड ७७ लाख खुद नाफा, लुम्बिनी विकास बैंकले ५२ करोड ४४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ९५ लाख खुद नाफा, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।
कर्णालीसहित सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् ।
जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ८ करोड ९७ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ४ करोड ६ लाख रहेको छ ।













