हिमालयन बैंकबाट धमाधम यी संस्थापक शेयरधनी बाहिरिदै

४ श्रावण २०८०, बिहीबार १२:०८

हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् ।

संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेस्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता सेयर छन्।

सो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ

इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*