सबैभन्दा धेरै ऋण लिने ५० व्यापारीकाे सूचि सार्वजनिक गर्न माग
४ श्रावण २०८०, बिहीबार १४:०२

काठमाडाैं । अर्थ समितिमा आयाेजित माैद्रिक नीतिमाथिकाे छलफलमा सांसदहरूले देशमा ऋणकाे चरम दुरूपयाेग भएकाे भन्दै ५० जना ठूला व्यापाारिक घरानाकाे ऋण छानविन गर्न माग गरेका छन् ।
समितिकाे छलफलमा सांसद पदम गिरीले देशमा ठूला व्यापारिक घरानाले ऋणकाे व्यापक दुरूपयाेग गरेकाे भन्दै छानविन गर्न माग गरे । त्यस्तै सांसद छिरिङ डम्दुल लामा कार्चेनले एउटै व्यक्तीले अर्बाै रूपैया ऋण पाउने गरिब किसानले एक लाख रूपैयाँ ऋण पाउन नसक्ने अवस्था नरहेकाे बताए ।
सांसद पूर्ण बहादुर तामाङले पनि बैंकहरू व्यापक दुरूपयाेगमा लागेकाे बताए । अर्थमन्त्री महाप्रसाद अधिकारीसहित राष्ट्र बैंककाे टाेलीसहितकाे छलफलमा सांसदहरूले यस्ताे माग गरेका हुन् ।











