बैंकको चर्को ब्याज तिर्न नसकेपछि फेरि अर्को व्यवसायीले गरे आत्मदाहको प्रयास, शरीरमा पेट्रोल खन्याउने क्रममा प्रहरीद्धारा उद्धार

५ श्रावण २०८०, शुक्रबार ११:५१

काठमाडौं । फेरि  बैंकको चर्को ब्याजको कारण एक जना व्यवसायिले आत्महत्याको प्रयास गरेको छ । धरान निवासी योवन खड्गीले व्याजमा लिएको पैसा फिर्ता गर्न दबाब बढेपछि भानुचौकमा आएर आत्मदाह गर्न खोजेको प्रहरीमा बयान दिएका छन् ।

उनले भानुचौकमा शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए । तत्कालै प्रहरीले खड्गीलाई उद्धार गरी बचाएको हो ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार उनले सहकारी जस्तो आर्थिक कारोबारमा व्याज दिने गरी लिएको पैसा फिर्ता गर्न नसकेकाले आत्महत्या गर्न खोजेको बयान दिएका छन् । खड्गीलाई घटनास्थलबाट इलाका प्रहरी कार्यालय पुयाइएको थियो । त्यहाँ उनले ७२ जना सर्वसाधारणबाट लिएको ६ करोड ७४ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बयान दिएका हुन् ।

डिएसपी मल्लले भने ‘सुन व्यवसायबाट सहकारी जस्तो बचत तथा ऋणको कारोबार गर्न थालेको पाइयो ।’५० वर्षीय खड्गीले उनको सुन पसलमा हालसम्म ७२ जना सर्वसाधारणले ६ करोड ७४ लाख रुपैयाँ जम्मा गरेको पाइएको हो । बचत रकम माग्दै सर्वसाधारणको दबाब बढेपछि मानसिक तनावमा थिए ।

यसअघि उनको परिवार, जनप्रतिनिधि र प्रहरी तथा बचतकर्ता बिच घरजग्गा समेत बिक्री गरेर पैसा फिर्ता गर्ने सहमति भएको थियो ।प्रहरीका अनुसार वडा कार्यालयमा उनको नाममा दर्ता भएको जग्गा वा घरपरिवार एकाघरको सगोलबाट विक्री गरेर निक्षेप फिर्ता गर्ने सहमति भएको हो ।

आफ्नोबाट नभए आमाकोबाट, आमाकोबाट भए उनले आफ्नो जग्गा आमालाई दिने भएका थिए । तर, पारिवारिक सदस्यहरूले नमानेपछि तनाव बढेर आत्मदाह गर्न खोजेको डिएसपी मल्लले बताए ।

धरान–३ स्थित पुरानो बजारमा रहेको न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी विदेश भागेपछि उनको घरसमेत यसअघि सर्वसाधारणले घेराउ गरेका थिए ।

सर्वसाधारणहरूले १८ प्रतिशत ब्याज पाउने आशामा उनलाई पैसा राख्न दिएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*