यो साता नेप्सेमा १० करोड बढी कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । यो साता नेप्सेमा विभिन्न कम्पनीहरुको १० करोड २१ लाख २७ हजार ७८७ कित्ता शेयर सूचीकृत भएको छ । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म विभिन्न ५ कम्पनीहरुको सो शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस अवधिमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड ३ को गत असार ३१ गते सबैभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ करोड ५ लाख ८० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, साविकको अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको मर्जपश्चातको युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट गत असार ३१ गते १ करोड ९० लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएर कारोबारमा आएको छ ।
यो साता नेप्सेमा किसान लघुवित्तको ३ लाख २९ हजार र हिमालयन लघुवित्तको ३ लाख १६ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसका साथै हकप्रद शेयर निष्काशको लागि अरुण काबेलीको १८ लाख ५५ हजार बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।













