नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

७ श्रावण २०८०, आईतवार १२:२६

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (एनबीपीए) बाट सम्मानित भएको छ ।

नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्डप्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आजआयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एशियन फेडेरेसन अफ अकाउनटेन्ट (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवाड का लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*