बैंक भन्दा लघुवित्त कम्पनीको ब्याजदर सस्तो हुदै, बेसरेटमा २ प्रतिशत मात्रै थप गरी कर्जा प्रवाह गर्ने
७ श्रावण २०८०, आईतवार १४:५५

काठमाडौं । राष्ट्र बैंकले लघुवित्तहरुले प्रदान ऋणलाई थप सहुलियतपूर्ण बनाउने भएको छ । आज राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजजिक गर्दै लघुवित्त संस्थालाई आधार दरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउने व्यवस्था कार्यन्वयन गर्ने भएको छ ।
बैंकले लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवाका अतिरिक्त विपिन्न वर्गको सीप तथा उद्यमशिलता विकास र साना उद्यम व्यवसायलाई प्रबर्धन गर्न सहयोग पुगेको बताएको छ ।













