किसान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
८ श्रावण २०८०, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन हाफ सेञ्चुरी क्रस गरेको शेयर बजार आज २६.६६ अंकले घटेर २२०० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेतापनि आज किसान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य ८७१ रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, सोमबार नेपाल रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बिपिडब्लु लघुवित्त, ग्लोबल आइएमई बैंक लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।













