लक्ष्मी सनराइज बैंकमा मर्जरपछि कर्मचारीबीच द्धन्द सुरु, सनराइज बैंकका सिईओ सहित कर्मचारीहरु जागिर छोड्दै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ सहित ५० जनाले स्वेच्छिक अवकाश योजना (भिआरएस) को लागि आवेदन दिएका छन् । ।
बैंकको स्रोतको अनुसार सनराइज बैंकको कर्मचारीहरुलाई लक्ष्मी बैैंकका कर्मचारीहरुले काममा केही सकस वातावरण सिर्जना गरेसँगै भिआरएस सुविधामा लाग्न लागेको देखिन्छ । यसअघि सिभिल बैंक र हिमालयन बैंकमा पनि यस्तो घटना पछि यस्तो घटना दोहरीएको हो।
लामो विवादपछि अन्तत मर्जरमा गएको कम्पनीमा यती धेरै मात्रामा भिआरएस सुविधा मागेको बैंकका एक स्रोतले जनाएको छ। आवेदन दिने समय थप बाँकि हुँदा अझै भिआरएस सुविधा बढ्ने देखिएको बैंकको स्रोतले जनाएको छ।
स्रोतका अनुसार लक्ष्मी बैंकको भन्दा सनराईज बैंक कर्मचारीहरुले भिआरएस सुविधा बढी लिएको देखिन्छ । आन्तरिक रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सनराइज बैंकका कर्मचारीहरुलाई दमन गरेका कारण बैंकबाट भिआरएस सुविधा लिने बढी भएको देखिएको एक कर्मचारीले गुनासो गरेका छन् । मर्जरपश्चात् दुई बैंकका कमर्चारीको आन्तरिक द्धन्द्ध देखिन थालिसकेको छ ।
साविक सनराइज बैंकबाट सीईओ शुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएसका सहित अन्य कर्मचारीहरुले भीआरएस सुविधाको लागि आवेदन दिएका छन् । लक्ष्मी बैंकबाट भने सिनियर पद भन्दा पनि जुनियर पदका कर्मचारीहरुले यो सुविधा लिने देखिन्छ।
बैंकले आफनो भिआरएस सुविधामा २ बर्ष महिनासम्म पाईने भएको छ।तर करारमा आएका कम्पनीका कर्मचारीहरुलाई भने ३६ महिनासम्मको तलव सुविधा पाउनेछन् ।











