कुमारी बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ४० हजार १०१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी वसन्त कुमार चौधरीको नाममा रहेको २ लाख २३ हजार २७१ र अर्का शेयरधनी राजु बहादुर श्रेष्ठको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो ।
सो शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयरधनीहरुलाई नै रहेको बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रिार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
साथै संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तीलाई बिक्री गर्ने प्रकिया अगाडि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।












