लघुवित्त पिडितहरुले आफना मागहरुको सम्बन्धमा सरकारलाई गरायो ध्यानाकर्षण
११ श्रावण २०८०, बिहीबार १९:०७

काठमाडौं । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले आफ्ना मागहरुको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ । बिहीबार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनिराम शर्मालाई भेट गरी आफूहरुको संघर्षको कार्यक्रम र मागहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
समितिले लघुवित्तीय संस्थाहरुको खारेज, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकासको माग राखी आन्दोलनरत संघर्ष समितिले आफूहरुको सो माग र संघर्षको कार्यक्रमको बारेमा सहसचिवद्वयलाई जानकारी गराएको समितिका सचिव तथा वार्ता समिति संयोजक रमेश तामाङले बताए । आफूहरुले पुनः छलफलका लागि बोलाउने आश्वासन पाएको पनि उनले बताए ।











