महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य ३०१ रुपैयाँमा जोकोहीले आवेदन दिन सक्ने

१२ श्रावण २०८०, शुक्रबार ११:२९

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले ४ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि लिमामी मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ । बिक्रीमा राखिएको शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०१ रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा खरिद आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*