विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न राष्ट्र बैंकको निर्देशन

१२ श्रावण २०८०, शुक्रबार १३:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक न८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आजसर्कुलर जारी गर्दै वाणिज्य बैंकसरह विकास बैंकहरुले पनि पुँजिकोष बढाउनुपर्ने निर्देशन दिएको छ।

जस अनुसार अब राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि Capital Adequacy Framework, 2015 अनुसार न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नु पर्ने छ। पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पुरक पुँजीको योग हो।

यसअघि वाणिज्य बैंकहरुलाई लागि अनिवार्य व्यवस्था गरिएको थिएन् । मौद्रिक नीतिमा भएका व्यवस्था लागू गर्नको लागि केन्द्रिय बैंकले एकिकृत निर्देशिका जारी गर्दै यस्तो जानकारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*