कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
१४ श्रावण २०८०, आईतवार १०:३७

काठमाडौं । कामना सेवा विकास बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।












