प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
१७ श्रावण २०८०, बुधबार १०:५५

काठमाडौं । साता कारोबारको चौंथो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ६ सय र चाँदीको १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार र तेजावी सुनको मूल्य १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।











