विकास बैंकको शेयरमूल्य साढे दुई सय माथि, नारायणी र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै, अन्य कुनको कति ?
१७ श्रावण २०८०, बुधबार १७:२७

काठमाडौं । बुधबार नेप्सेमा सुधार आउदा विकास बैंकको शेयर उकालो लागेको छ भने शेयरमूल्य साढे दुई सय माथि कायम भएको छ ।
बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै विकास बैंक उपसूचकमा उछाल आएको छ । बुधबार विकास बैंक उपसूचक १।०१ प्रतिशतले बढेको छ ।
बुधबार विकास बैंक अन्तर्गत कारोबार भएका १६ विकास बैंकमध्ये १३ बैंकहरुको शेयरमूल्य बढेको छ भने २ बैंक सप्तकोशी र साईन रेसुङ्गा बैंकमा कुनै प्रकारको हलचल भएको छैन । सोही दिन सिन्धु विकास बैंकको शेयरमूल्यमा भने गिरावट आएको छ ।












